Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

काठमाडौं, १७ साउन २०८१ । नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू तोकेको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्जहरू तोक्ने निर्णय गरेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनकाअनुसार कोशीको इन्चार्जमा शेरधन राई, मधेश प्रदेशको इन्चार्जमा लिलानाथ श्रेष्ठ र बागमती प्रदेशको इन्चार्जमा राजन भट्टराईलाई तोकेको छ।

यसैगरी बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी किरण गुरूङलाई दिएको छ। लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल,कर्णाली प्रदेशको इन्चार्जमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्टलाई तोकेको महासचिव पोखरेलले बताए।

यसअघि अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज नै थिए। बाँकी प्रदेशमा भने नयाँ इन्चार्ज तोकेको हो।

सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

 

तपाईको प्रतिक्रिया