काठमाडौं, १६ साउन २०८१ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो। उक्त मूल्य आज राति १२ पछि लागू हुने निगमले जनाएको छ।
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ कायम भएको छ। त्यस्तै खाना पकाउने ग्यास मूल्य यथावत् राखिएको छ।