Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १० पुस । मकाउ पठाइदिन्छु भनी ९ लाख रुपैयाँ ठगी गर्ने मनाङका उमेश पुन भन्ने राजेशकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७१ सालमा अनुमति विना नै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी मकाउ पठाइदिने भन्दै डम्बरजंग सारु मगरसमेतलाई ठगी गरेका थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पुस ८ गते काठमाडौंको बानियाँटारबाट पक्राउ गरेको हो ।

उनलाई वैदेशिक रोजगार न्यायाधीकरणले २०७४ असोज ३० गते ३ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । न्यायाधीकरणले थापाबाट पीडित व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसमेत गरी १३ लाख ५० हजार रुपैयाँ भराइदिन पनि फैसला गरेको थियो ।

थापालाई पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जानकाररी दिएको छ ।

तपाईको प्रतिक्रिया