Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

वीरगञ्ज, १० पुस । प्रहरीले बाराका विभिन्न स्थानमा गरी झण्डै १० विगाहा जमीनमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय, निजगढबाट खटिएको टोलीले गाजा नष्ट गरेको हो ।

बिहान इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक बिक्रम लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको निजगढ नगरपालिका(१३ डम्बरपुरस्थित शक्तिखोला क्षेत्रमा १० बिगाहा ऐलानी जग्गामा लगाइएको अवैध लागूऔषध गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराइले जानकारी दिए ।

तपाईको प्रतिक्रिया