Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

तेह्रथुम, १० पुस । तेह्रथुममा विवाह भइरहेको बेला मण्डपमा कुटिएकी छिन्। गएराति १०ः३० बजे फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा विहे भइरहेको अवस्थामा बेहुली प्रतिक्षा सम्वाम्फे कुटिएकी हुन् भने अन्य तीन जना घाइते भएका छन् ।

उनलाई स्थानीय युवाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।

जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया