कैलाली, १० पुस । धनगढी विमानस्थल आज (मंगलबार) देखि एक सातासम्म राति मात्रै सञ्चालन हुने भएको छ ।

धावनमार्ग मर्मत सम्भारका लागि विमानस्थलमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम हुने भएकाले राति मात्रै सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरण, धनगढीले जानकारी दिएको छ ।

वर्षायामको पानीले धावन मार्गमा क्षती पुगेकोले मर्मत सम्भार गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले बताए । उनका अनुसार विहान ६ देखि साँझ ६ बजेसम्म उडान र अवतरण बन्द हुने छ ।

यही पुस १७ गतेपछि भने विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने छ ।

तपाईको प्रतिक्रिया

Comments