Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, ९ पुस । नगरपालिका ३ स्थित जेष्ठ नागरिक संघले आज एक कार्यक्रमको आयोजना गरि ८२ जना ज्येष्ठ नागरिक र १० जना अपाङ्गलाई सम्मान गरेको छ । कार्यक्रम वरगाछी शिवालय मन्दिरको प्राङगढमा आयोजना गरिएको हो । प्रमुख अतिथि संविधान सभाका सभासद दिपक कार्कीले सम्मान कार्यक्रममा ९२ जना ज्येष्ठहरुलाई न्यानो ज्याकेट र फलफुल वितरण गर्नुभएको हो ।

चिसो अत्यधिक मात्रामा बढ्दै गएकोले पनि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै न्यानो ज्याकेट वितरण गरिएको ज्येष्ठ नागरिक अध्यक्ष शिव प्रसाद दाहालले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक अध्यक्ष शिव प्रसाद दाहालको अध्यक्षतामा  सम्पन्न भएको कार्यक्रममा गौरादह नगरपालिकाका उपमेयर गीता भेट्वाल, ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष भवानी प्रसाद दाहाल, नगरका अध्यक्ष गोपाल प्रसाद काफ्ले, १ नं. वार्ड का अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि संविधान सभाका सभासद दिपक कार्कीले कार्यक्रमको सुभारम्भ गर्दै ज्यष्ठ  नागरिक हरुलाई सम्मान गर्नु पर्ने हाम्रो कर्तब्य रहेको बताउनु भयो । ज्येष्ठ नागरिक संघका सदस्य होम प्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । ज्येष्ठ नागरिक संघका वार्ड सहसचिव दधीराम अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया