Online Bichar
मंगलबार, साउन ०१, २०८१ | Tuesday, July 16, 2024

पाँचथर, २६ असार २०८१ । निर्माणाधीन काबेली हाइड्रो पावरको सुरुङ निर्माणका क्रममा ढिस्कोले पुरिँदा ५ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । जिल्लाको हिलिहाङ गाउॅपालिका-१ काबेली खोलामा निर्माणाधीन उक्त हाइड्रोमा कार्यरत ५ जना श्रमिक मंगलबार साँझ ढिस्को खसेर पुरिएका थिए ।

घाइतेको उद्वार गरेर उपचारार्थ पाँचथर जिल्ला अस्पताल ल्याइएकोमा ३ जनालाई सामान्य उपचार पछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये इलामको माङसेवुङ-६ का ३१ वर्षीय ३१ को दिपेन राई र दैलेख जिल्लाको गुराँस गाउँपालिका-३ पाथिकान्ला घर भएका २५ गोविन्द बुढालाई थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक बेनिलाल साह तेलीले बताए ।

 

तपाईको प्रतिक्रिया