Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

झापा, २३ असार २०८१ । झापाको कमलमा धारिलो हतियार प्रहार गरि फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी राजबिराज नगरपालिका-११ स्थायी घर भई हाल कमल गाँउपालिका-६ मा कोठा भाडामा बस्दै आएका ४१ वर्षिय रुपेश सदालाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका सदा सोही एरियामा सिटी सफारी चलाउँदै आएका थिए ।

सदाले कमल गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३१ वर्षिया सुमित्रा ऋषिदेव(बिवाहित)लाई धारीलो हतियारले टाउको र दुबै हातमा प्रहार गरी घाइते बनाई फरार रहेका थिए । सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट खुकुरी १ थान, छुरी १ थान, र रड १ थान बरामद गरि व्यक्तिको खोजतलास गर्ने क्रममा सदालाई हिँजो सप्तरी जिल्लाको बिषनपुर स्थितबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  ।

तपाईको प्रतिक्रिया