Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

अत्तरिया, १७ असार २०८१ । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको सोमबार निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका –६ स्थित  निवासमा  भट्टको  ८० वर्षको उमेरमा निधन भएको हो ।

उहाँ फारवेष्ट टाइम्सका प्रकाशक तथा सम्पादक  हुनुहुन्थ्यो । भट्टको नेतृत्वमा फारवेष्ट टाइम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्षको रूपमा भट्टले देशभरका पत्रकारको हकहितका लागि उल्लेखनीय काम गर्नुभएको थियो ।

उहाँले आफ्नो जीवन पत्रकारिता तथा समाजसेवामा समर्पित गर्नुभएको थियो । भट्टले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक अफसेट प्रेस ल्याएर छापा पत्रकारिताको सुरुवात  गर्नुभएको थियो ।

उहाँको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल पत्रकार महासङ्घ केन्द्र, सुदूरपश्चिम प्रदेश, नेपाल पत्रकार महासङ्घ कैलाली  शाखा, प्रेस युनियन, प्रेस चौतारीलगायत संस्थाले शोक वक्तव्य जारी गरेका छन् ।गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया