Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

इण्डोनेसियामा, ८ पुस । इण्डोनेसियामा शनिबार गएको सुनामीमा कम्तीमा ६२ जनाको ज्यान गएको छ । करिब ५ सय ८४ जना घाइते भएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । सुनामी इण्डोनेसियाको समुन्द्री किनार छेउमा रहेको सुन्दा स्ट्रेट९पानीको साँघुरो भाग० मा आएको थियो ।

इण्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीले बताएअनुसार सुनामीका कारण सयौं घर तहसनहस भएका छन् ।

क्रकाटोवा ज्वालामुखी विस्फोटपछि समुन्द्र भित्र गएको पहिरोको कारण सुनामी आएको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । सुनामी गएको ठाउँ जाभा र सुमात्रा टापुको बीचमा पर्छ । यसले जाभा सागरलाई हिन्द महासागरसँग जोडेको छ ।

विपद व्यवस्थापन एजेन्सीले बताएअनुसार त्यहाँको स्थानीय समयअनुसार शनिबार रातिको ९ स् ३० बजेतिर सुनामी गएको थियो ।

सुनामीका कारण सबैभन्दा बढी पाण्डेग्लाङ, दक्षिणी ल्याम्पुङ र सेराङ क्षेत्रका मानिसहरुको ज्यान गएको छ ।

एजेन्सी

तपाईको प्रतिक्रिया