झापा, १३ असार २०८१ । बैंकिङ कसुर मुद्दामा फरार रहेका झापाको दमक घर भएका एक व्यक्तीलाई झापा प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-९ घर भएका ३१ वर्षिय ईकेश तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यहि वैशाख २३ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले बिहिबार (आज) पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाइ फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा उक्त अदालतको आदेशले कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय झापा पठाइएको जनाइएको छ । तामाङलाइ १ महिना कैद, ६ लाख जरिवाना र पिडित राहत कोषमा २४ हजार क्षतीपूर्ति शुल्क जम्मा गर्नुपर्ने तोकिएको थियो ।






