Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, ८  पुस । तीन वर्षदेखि बन्द तातोपानी नाका आगामी मेबाट सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ ।

राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन् । सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट पनि सोही किसिमको तयारीको अपेक्षा राखेको जनाइएको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया