Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

गौरादह, ७ पौष । आरम्भ फाउण्डेशन झापा साखाले गौरादहमा विज्ञान प्रद्रर्शनी सम्पन्न गरेको छ । पौष ६ र ७ गते विद्योदय शिशु सदन अंग्रेजी मा.वी. मा सञ्चालन गरिएको प्रदर्शनीमा नगरपालिका भित्रका सामुदायीक र संस्थागत गरी ७ वटा विद्यालय सहभागी भएका थिए ।

विद्यालयमा विज्ञान विषय पढाइ हुने तर प्रयोगात्मक कमी हुने सर्वत्र गुनासो आएपछी आरम्भ फाउण्डेशनले विद्यालयहरुमा विज्ञान विषयमा विद्यार्थीहरुको क्षमता पदर्शनको लागि विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

अधिकांस विद्यालयहरुमा प्रयोगसालाका सामाग्री कमी भएको विद्यार्थीहरु बताउछन् । प्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरुले आप्mनो विद्यालयमा यस किसिमको प्रयोगात्मक ज्ञान नदिएको उनीहरुले गुनासो गरे । विज्ञान प्रदर्शनीमा सहभागी अधिकांश विद्यालयले पानीबाट चल्ने स्काभेटर वनाएर प्रदर्शनी गरेका थिए ।

स्टलमा राखिएका नमुना उपकरणमा विरुवाबाट पानीको सुद्धिकरण र भुक्षयको रोकथाम, अम्लिय वर्षा, हावा, पानी र विजुलीबाट चल्ने डाइनामो, वायुमण्डलीय चापबाट हुने घर्षणको प्रयोग, घर सुरक्षा प्रणाली, ज्वालामुखी विष्फोटन, हावाको प्रेशरबाट चल्ने वन्दुक र रकेट, हावा बाट विद्युत उत्पादन जस्ता अनुसन्धानमूलक आविस्कारहरु प्रदर्शनी गरिएका थिए ।

अवलोकन गर्न आउने विद्यार्थी र अभिभावकहरुलाई विद्यार्थीहरुले प्रदर्शनीमा राखेका आ–आप्mना आविस्कारहरुका वारेमा अंग्रेजी तथा नेपाली दुबै भाषामा सहजीकरण गरेका थिए । कार्यक्रममा दमक वहुमुखी क्याम्पसका विज्ञान संकायका विद्यार्थीहरुको तर्पmबाट समेत विभिन्न स्वनिर्मित उपकरणहरुको प्रदर्शनी गरिएको थियो ।

संस्थाकी अध्यक्ष सृजना भण्डारीले विद्यार्थीको क्षमतालाई उजागर गर्न विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरिएको वताइन् । गौरादहमा विज्ञान प्रदर्शनी कार्यक्रमलाई सफल पार्न एभरेष्ट मल्टी टेक्निकल कलेज दमकले मुख्य प्रायोजन गरेको थियो भनें, कृएटिभ नेप्लिज युथ (सि.एन.वाई.) गौरादह साखाले सहयोग गरेको थियो ।

विद्यालयमा विज्ञान विषयलाई सैद्धान्तिक ज्ञान मात्रले नपुग्ने भएकाले यसलाई प्रभावकारी वनाउन व्यवहारिका ज्ञानको आवस्यकता रहेको कृएटिभ युथ गौरादह साखा अध्यक्ष पुजन भट्टराईले वताए ।

विद्योदय शिशु सदनका निर्देशक नारायण वस्नेतले विद्यार्थीहरुलाई सिपमुलक ज्ञान आवस्यक रहेकाले विद्यालयले पूर्ण समर्थन गरेको जानकारी गराए । प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया