Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ६ पुस । गौरादह नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो टोपी वितरण गरिएको छ । गौरादह उद्योग वाणीज्य संघ र सनराइज चिल्ड्रेन होम्सले विद्यालयमा अध्यनरत विपन्न परीवारका बालबालिकाहरुलाई जाडो मा लगाउने न्यानो टोपी वितरण गरेको हो ।

जाडो मौसम बढे सँगै बालबालिकाहरु विद्यालय जान छोड्ने र अधिकांश गरिबिको रेखा मुनि रहेका बालबालिकाहरुलाई विद्यालय जान सहज बनाउन न्याने टोपी वितरण गरिएको गौरादह उद्योग वाणीज्य संघका अध्यक्ष जिवन राईले बताए ।

नगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा टोपी वितरण गर्ने लक्ष्य रहेकाले हाल सम्म गौरादह ४ र ५ मा रहेका जनता मावि बालुबथान। जनता प्रावि मिलनचोक, जनज्योति प्रावि तिस्याचौन, खयरबारी आधारभुत विद्यालय बालुबथान सहित ९ सय टोपी वितरण गरि सकिएको र अन्य विद्यालयहरुमा पनि आगामी दिनमा टोपी वितरण गर्ने कार्य जारी रहेको अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार नगरपालिका भित्रका सामुदायीक विद्यालयहरुमा १५सय टोपी वितरण गर्ने लक्ष्य रहेको बताए ।

तपाईको प्रतिक्रिया