Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

म्याग्दी, ६ पुस । म्याग्दीबाट वन अधिकृत घुससहित रंगेहात समातिएका छन् । बेनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार ठाकुरलाई अख्तियारको टोलीले ३४ हजार घुससहित पक्रेको हो ।

सव–डिभिजन कार्यालयको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा उनी समातिउको अख्तियारले जनाएको छ ।

आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै अधिकृत ठाकुरले पैसा मागेपछि सेवाग्राहीले विद्यार्थी नेतालाई खबर गरेका थिए । विद्यार्थी नेताले यो सूचना अख्तियारलाई दिएपछि उनी फन्दामा परेका हुन् ।
रासस

तपाईको प्रतिक्रिया