Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

साउदी, ३० जेठ २०८१ । फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेल नेपाल र यमनबीच बराबरीमा टुंगिएको छ। ११ जुन २०२४ का दिन साउदी अरेबियाको दमाम शहर स्थित प्रिन्स मोहम्मद बिन फाहाद स्टुडियोमा भएको खेलमा नेपालले यमसँग २र२ गोलको बराबरीमा खेलेको हो।

खेलको पहिलो हाफमा यमनले नेपालविरुद्ध ९ औं मिनेटमा पहिलो गोल गरेको थियो। नेपालका लागि २२औं मिनेटमा सञ्जिव बिष्टले गोल गर्दै खेललाई १/१ को बराबरीमा ल्याएका थिए।

यमनसँगको पहिलो हाफ १र१ गोलको बराबरीमा खेलेको नेपालले दोस्रो हाफको ६६ औं मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै नेपाललाई २र१ अन्तरले अग्रता दिलाएका थिए। यमनले अतिरिक्त ९१ औं मिनेटमा नेपालको लागि गोल गर्दै खेललाई २र२ को बराबरिमा पुर्‍याएका थिए। यमनको तर्फबाट नसीम अल गाहवाही र मोहम्मद अल दाहीले १र१ गोल गरेका थिए। साथै खेल हेर्न र खेलाडीलाई हौशला दिनका लागि ३ हजारभन्दा बढी नेपाली दर्शकहरूको उपस्थिति रहेको थियो।

नेपालले अहिलेसम्म खेलेको ६ खेलमा २० गोल खाँदा २ गोल फर्काउन सफल भएको छ। यो खेलसँगै नेपालका गोलकिपर अहिलेका क्याप्टेन किरण कुमार लिम्बुले आफ्नो १०० औं खेल खेलका छ्न्।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि पनि पाँचै खेलमा पराजय भोगेको थियो। नेपाल युएईसँग ४/० र यमनसँग २/० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५/० र दोस्रो खेल ३/० ले गुमाएको थियो। पुनः युएईसँग ४/० गोल अन्तरले हारेको थियो।

 

तपाईको प्रतिक्रिया