Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौँ, २७ जेठ २०८१ । वर्षा बाधक बन्दा टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तानको खेल ढिला गरि शुरु भएको छ।

नेपाली समयअनुसार राति सवा ८ बजे खेल हुने तय भए पनि पानी परेपछि मैदान हिलो भएर खेल शुरु हुन निर्धारित समयभन्दा ढिला हुन पुगेको हो।

वर्षा रोकिएपछि न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा अहिले खेल टस भएको छ।

पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि भारतले शुरुवाती ब्याटिङ गर्ने भएको छ।

सुपर ८ को सम्भावना जीवितै राख्न पाकिस्तानले आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा पाकिस्तान अमेरिकासँग पराजित भएको थियो।

पाकिस्तान र भारतको खेल हेर्न समर्थकहरुले महँगो मूल्यमा टिकट किनेका छन्। रंगशालामा बसेर यो खेल हेर्न समर्थकहरुले एउटा टिकटका लागि ४० हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन्।

आजै भएको पहिलो खेलमा वेस्ट इण्डिजले युगान्डालाई १३४ रनको विशाल अन्तरले पराजित गरेको छ।

जितका लागि वेष्ट इण्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा अलआउट भएको थियो।

टी–२० विश्वकपमा युगान्डाले बनाएको ३९ रन अहिलेसम्मकै सबैभन्दा न्यून स्कोर हो। यसअघि सन् २०१४ मा श्रीलंकाले नेदरल्याण्ड्सलाई ३९ रनमा अलआउट गरेको थियो।

 

तपाईको प्रतिक्रिया