Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

काठमाडौं, ६ पुस । संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद र सर्वसाधारणलाई बेग्लै क्यान्टिनको नयाँ व्यवस्था गर्न लागिएको छ।

आगामी बुधबारबाट चल्ने संसद् बैठकपछि सांसद र अन्यले अलग–अलग ठाउँमा बसेर चियाखाजा खानुपर्ने व्यवस्था गर्न लागिएको हो।

संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम रिज्यालका अनुसार क्यान्टिनलाई व्यवस्थित गर्न छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको हो।
‘सांसदहरूले पटकपटक गुनासो गरेपछि नयाँ व्यवस्था गरिएको हो’, रिज्यालले भने– ‘क्यान्टिनलाई २ भागमा विभाजन गरिएको छ, पूर्वपट्टि सांसदहरूका लागि छुट्याइएको छ भने पश्चिमपट्टि अन्यलाई व्यवस्था गरिएको हो।’

रिज्यालले खुला रहेको क्यान्टिनलाई हावाहुरी र पानी आउँदा पनि सुरक्षित हुने गरी क्यान्टिनलाई व्यवस्थित गरिएको बताए । आन्तरिक सेवा तथा योजना शाखाले गरेका यी कामबाहेक अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले टायल बिछ्याउने र मिलाउने काम गरेको छ। सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको छ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments