Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

काठमाडौँ, ६ पुस । सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो ।

मंसिर २६ मा दर्ता नम्बर ०७५–एपी–०२६९ भएको अवहेलना मुद्दा पुस १ मै पेसीमा चढ्दा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट फैसलासहितको मिसिल झिकाउने आदेश भएको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments