Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

काठमाडौं, ६ पुस । चीन सरकारको सहयोगमा नेपालको उत्तरी क्षेत्रमा परियोजन सञ्चालन हुने भएको छ ।

चीनले नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालनमा ल्याउन लागेको हो ।

परियोजना सञ्चालनका लागि बुधबार कृषि तथा पशुपन्त्री विकास मन्त्रालयका योजना महाशाखाका प्रमुख डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट तिब्बत इन्टरनेसनल इकोनोमिक एक्स्चेन्ज सर्भिस सेन्टरको वाणिज्य विभागका प्रबन्ध निर्देशक वेन जेनले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो परियोजनाका लाग चीनले २७ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments