Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

कावासोती, ५ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१४ मा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नम्बरको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले बताए। उनका अनुसार बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ। घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करिब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो।

रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments