Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

काठमाडौँ, १० जेठ २०८१ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकामा आयोजना हुने एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रराम्भिक टोली घोषणा गरेको हो । एसियाली क्रिकेट काउन्सिल ९एसिसी० को आयोजनामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । नेपालले जुलाई १९ मा पाकिस्तासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल जुलाई २१ मा युएई र तेस्रो खेल जुलाई २३ मा भारतसँग खेल्नेछ ।

प्रारम्भिक टोली

इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना छेत्री, सीता रानामगर, खुशी डंगोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार (विकेटकिपर), लक्ष्मी साउद, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य, डोली भट्ट, संगीता राई, आरति महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, यशोदा विष्ट, किर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी र हेलिशा गुरुङ ।

 

तपाईको प्रतिक्रिया