Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

भक्तपुर, ४ पुस । (शिक्षक सेवा आयोगले सार्वजनिक गरेको अस्थायी शिक्षकको नतिजामा चित्त नबुझेर पुर्नयोगको (रिटोटलिङ्) निवेदन दिएका मध्ये १ जना पास भएका छन् । पूर्वाञ्चलको निम्न माध्यमिक तहको गणित विषयका शुसील कुमार मण्डल पास भएका हुन् । निम्न माध्यमिक तहको गणित विज्ञान, गणित र विज्ञानका गरी ९७ जनाको रिटोटलिङ् गर्दा उनी उत्तीर्ण भएका हुन् ।

मण्डलले दिएको निवेदनका आधारमा हेर्दा उनले प्राप्त गरेको नम्बर जोड्दा त्रुटि फेला परेपछि नतिजा सच्याईएको आयोगका अध्यक्ष ताना गौतमले बताए । यो घटनालाई आयोगले परीक्षणमा गल्ति गरेको रुपमा बुझ्नुको औचित्य नभएको उनको तर्क छ ।

’नतिजा सार्वजनिक गर्दा कुनै पनि त्रुटी नहोस् भनेर काम हुँदा हुँदै पनि जोड जम्मा गर्दा त्रुटि भएको फेला परेको हो, गल्ती नहुनु पर्ने थियो भयो’ उनले भने, ’तर, रिटोटलिङको सिष्टम भनेकै त्रुटि भयो की भनेर दोहोर्याएर हेर्नकै लागि विकास गरिएको हो, परीक्षार्थीलाई अन्याय नहोस् भन्नका लागि संसारका हरेक परीक्षामा यो सिष्टम हुन्छ, सोही अनुसार आयोगले कार्य गरेको हो ।’

परीक्षाको नतिजामा चित्त नबुझेर रिटोटलिङ् गर्ने अस्थायी शिक्षकको संख्या उल्लेख्य छ । निमावि र माविको लागि मात्रै रिटोटलिङ् गर्न झण्डै १४ सय हाराहारीले आवेदन दिएका आयोग श्रोतले जनाएको छ । प्राथमिकको रिटोटलिङ् गर्न निवेदन भर्ने म्याद बाँकी नै भएकोले अन्तिम तथ्याङ्क संकलन हुन बाँकी रहेको उक्त श्रोतले जनायो ।

शुरुको तुलनामा पछिल्लो समय रिटोटलिङ्को निवेदन हाल्ने क्रम भने घटेको छ । आयोगले नतिजा सार्वजनिक गर्ना साथ जागिर जाने भयो भनेर प्रकृयामै रहेको देखाउनका लागि धेरै अस्थायी शिक्षकले रिटोटलिङ्को निवेदन हालेको हुन सक्ने आयोगको अड्कल छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अन्तर्वार्ताको नतिजा नआईञ्जेल सम्म अस्थायी शिक्षकलाई काम गर्न परिपत्र गरेपछि यो क्रम घटेको आयोगको बुझाई छ ।

eduखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments