Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ४ पुस । काठमाडौंको बसुन्धारामा बुधबार बिहान ३ बजे भ्यानको ठक्करबाट एकजनाको ज्यान गएको छ । आमाछोरा सवार स्कुटरलाई भ्यानले ठक्कर दिँदा छोराको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् ।

बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप देउराली ४ घर भई हाल काठमाडौंको बसुन्धरा बस्दै आएका अनिल श्रेष्ठको ज्यान गएको हो ।

अनिलकी आमा भगवती श्रेष्ठको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया