काठ्माडौं, ३० वैशाख २०८१ । प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन्। प्रिन्स युनिभर्सल कोटाबाट ओलम्पिकका लागि छनोट भएको उनका व्यवस्थापक कमलेस निरौलाले बताए।
उनलाई नेपाल ब्याडमिन्टन संघको पहलमा ओलम्पिक खेल्ने बाटो खुलेको निरौलाले बताए। उनको नाम ओलम्पिक खेल्ने सूचीमा आइसेकेको र अब औपचारिक प्रक्रिया पूरा हुन बाँकी रहेको छ।
यू-१९ को विश्व वरीयतामा शीर्ष स्थानमा रहिसकेका प्रिन्सले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको आधारमा अंक हासिल गरेका थिए। जसका कारण उनलाई ओलम्पिक खेल्ने बाटो खुल्यो।






