Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठ्माडौं, ३० वैशाख २०८१ । यसपालि ९पछिल्लो ९ महिनामा० भारतसँग किनेको बिजुलीभन्दा भारतमा बेचेको बिजुली धेरै भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको सोही अवधिसँग तुलना गर्दा नेपालले भारतबाट आयात गर्ने बिजुलीको परिमाण घटेको हो।

नेपालले गत आर्थिक वर्षको नौ महिनामा १३ अर्ब ३१ करोड ७२ लाख रूपैयाँको बिजुली आयात गरेको थियो। यो आर्थिक वर्षको नौ महिनामा १० अर्ब ९३ करोड ७६ लाखको बिजुली आयात गरेको हो।

बिजुली निर्यात पनि बढेको देखिएको छ। गत वर्षको नौ महिनामा ८ अर्ब ४३ करोड ७९ लाख रूपैयाँको बिजुली निर्यात भएको थियो।

चालु आर्थिक वर्षको हालसम्म १२ अर्ब ४३ करोड ४१ लाख बराबरको बिजुली नियर्यात भएको हो। गत वर्षको तुलनामा करिब चार अर्ब बढीको बिजुली निर्यात भएको हो।

 

तपाईको प्रतिक्रिया