Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ४ पुस । यो बर्ष सेनाका लागि ६ अर्ब ९० करोडबराबरको हतियार खरिद गर्ने तयारी छ ।

सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ हतियार तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी रहेको खबर आजको नयाँ पत्रिकामा छ ।

ती हतियार भारतबाट खरिद हुनेछैन । व्यक्तिगत हतियारको नाम उल्लेख छैन, तर तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याईएको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाग बजेट बिनियोजन भएको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया