Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ३ पौष । कांग्रेसमा यसअघि ६ पदाधिकारी रहँदै आएकोमा अब ८ पदाधिकारी हुने भएका छन् । जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीको निर्वाचन हुने भएको छ । कोषाध्यक्षलाई सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्नेछन् ।

‘विधानमा पदाधिकारीको विषय टुंगो लगाएका छौं’ सह–महामन्त्री डा. प्रकाशशरण महतले भने, ‘अब ८ पदाधिकारीमा कोषाध्यक्ष मात्र मनोनित गर्ने र बाँकी पदाधिकारी निर्वाचित गर्ने सहमति भएको छ । बुधबार बिहान केन्द्रीय समिति बैठक बसेर अनुमोदन गर्छौँ ।’

यसअघि ६ पदाधिकारी हुँदा सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो । एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित गर्ने प्रावधान रहेको थियो ।

यसअघि केन्द्रीय समितिमा ८५ सदस्य हुने प्रावधान रहँदै आएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्य १६१ बनाउन प्रस्ताव गरिएको छ । विधानलाई केन्द्रीय समितिबाट पारित गर्न भोलि १२ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

तपाईको प्रतिक्रिया