Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौं, ३ पुस । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी फेरि सुरु भएको छ ।

सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्दै जाँदा सुन तस्करीको ठूलो र्‍याकेट पर्दाफास भएपछि तस्करी रोकिएको उच्च स्तरीय छानबिन समितिले दाबी गरेको थियो ।

तर, सोमबार विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेसँगै सुन तस्करी फेरि सुरु भएको खुलेको हो । विमानस्थल प्रहरीले ५ सय १२ ग्राम सुनसहित चितवनको भरतपुर महानगरपालिकाका ३२ वर्षीय अमित घिसिङलाई पक्राउ गरेको छ ।

उनी कतार एयरवेयजको फ्याइट नं. क्यूआर ६४८ बाट काठमाडौं ओर्लिएका थिए । उनको साबाट सुनको ४ थान विस्कुट र एउटा बाला बरामद भएको थियो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया