Online Bichar
बुधबार, आश्विन १७, २०८० | Wednesday, October 4, 2023

भद्रपुर, ३ पुस  ।  स्कुटर दुर्घटनामा परी झापामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–११ का २५ वर्षीय रुपेश लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सोमबार राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प २५८१ नम्बरको स्कुटर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको प्रहरीले बताएको छ।

पोलमा ठोक्किँदा गम्भीर घाइते लिम्बूलाई उपचारका लागि तत्काल बिर्तामोडमा रहेको बि एण्ड सी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया