Online Bichar
मंगलबार, जेठ ०८, २०८१ | Tuesday, May 21, 2024

ललितपुर, १८ वैशाख २०८१ । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ।

आगो निभाउने क्रममा घाइते भएका दुई जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए।

आगो निभाउने क्रममा घाइते भएका शंकर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो। घाइतेमध्ये शंकर पहरीको मृत्यु भएको उनले बताए। ललितपुरको गोदावरीस्थित लेले जंगलमा तीनरचार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ।

आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ। आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ। ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ। यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ।

तपाईको प्रतिक्रिया