Online Bichar
मंगलबार, जेठ ०८, २०८१ | Tuesday, May 21, 2024

साउदी, १८ वैशाख २०८१ । साउदी अरेबियामा ६ महिनामा १४७ नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि साउदी अरेबिया पुगेका नेपालीको विभिन्न कारणले मृत्यु भएको हो।

नेपाली दूतावास स्रोतका अनुसार कात्तिकदेखि चैतसम्म १४७ जनाको मृत्यु भएको बताए। साउदीको धेरै प्रक्रिया तथा नियम रहेको र मृतकको इन्स्योरेन्स रकम उपलब्ध गराउने भएकाले शव ल्याउन करिब १ महिना लाग्ने बताए। आत्महत्या केसमा अवस्था हेरि ३ महिनासम्म लाग्ने स्रोतले बताएको छ। नियोग उपप्रमुख डमरुबल्लभ पौडेलले हाल साउदीमा मदिरा ओसारपसार तथा विभिन्न कारणले ६ सय १५ नेपाली जेलमा रहेको बताए।

कामदारहरूले विभिन्न कारणसहित समाधानको लागि नेपाली दूतावास रियादमा गुनासो पठाएका छन्। श्रम सहचारी देवेन्द्र कार्कीका अनुसार गत कात्तिक २०८० देखि मोबाइल वाट्सफ मार्फत २२०३ , इमेल मार्फत २०३० र अनलाइन लिंक मार्फत ९० जना गरी नेपाली दूतावास रियादमा हालसम्म ४ हजार ३ सय ३६ नेपालीहरूको गुनासो प्राप्त भएको बताए।

 

 

तपाईको प्रतिक्रिया