Online Bichar
शुक्रबार, बैशाख २८, २०८१ | Friday, May 10, 2024

इलाम, १५ वैशाख २०८१ । इलाम २ मा भएको उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भएपश्चात् मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ ।

इलाम-७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको हो । मतगणना स्थलमा तारको जाली लगाइएको छ ।

मतगणना भएसँगै सो स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ । शनिबार साँझ ५ बजे मतदान सम्पन्न भएपश्चात् मतपेटिका सोझै सिटी हलमा ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना गरिने कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया