Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

काठमाडौं, २७ वैशाख २०८१ । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बुधबार १ लाख ३६ हजार ४ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया