Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

एजेन्सी, २७ वैशाख २०८१ । इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक केन्द्र मक्का-मदिनामा साउदी अरबले कडा नियम बनाएको छ। साउदी अरबको गृह मन्त्रालयले हजयात्राका क्रममा विदेशीबाट हुनसक्ने अवैध कार्य नियन्त्रणका लागि भन्दै नयाँ नियम बनाएको हो।

हज यात्रा आगामी २ जुनमा सुरु हुनेछ। अनुमतिबिना हजका लागि पुग्ने विदेशीहरुमाथि कडाई गर्न लागिएको त्यहाँको गृह मन्त्रलयले एक्स मार्फत् जानकारी दिएको छ। नियम मिच्नेहरुलाई १० हजार साउदी रियाल अर्थात् तीन लाख ५६ हजारभन्दा बढी नेपाली रुपैयाँ र त्यसको दोब्बरसम्म जरिवाना तिराउने मन्त्रालयको सूचनामा उल्लेख छ।

यस्तै अनुमति बिना हजका लागि पुग्नेलाई सिधै डिपोर्ट गरिने पनि सूचनामा जनाइएको छ। इस्लाम धर्मावलम्बीको मुख्य उत्सवका रूपमा रहेको हज यात्रामा नेपालसहित विभिन्न देशका लाखौँ व्यक्ति पुग्ने गरेका छन्।

 

तपाईको प्रतिक्रिया