Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ७ वैशाख २०८१ । युएईको तेस्रो विकेट पतन भएको छ। नेपालका गु्ल्शन झाले अर्को विकेट लिएका हुन्। झाले आसिफ खानलाई आउट गराएका हुन्। उनी ६ बलमा १० रन जोडेर पेभेलियन फर्किएका छन्।

यसअघि झाले युएईका विष्णु सुकुमारानलाई आउट गराएका थिए। उनी ७ दशमलव ५ ओभरमा २८ बलमा २८ रन जोडेर आउट भएका थिए।

सोमपाल कामीले युएईको पहिलो विकेट लिएका थिए । युएईका कप्तान मोहम्मद वासिमलाई कामीले आउट गराएका हुन् । उनी ७ बलमा ११ रन बनाएर बाहिरिए। एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल जारी छ।

तपाईको प्रतिक्रिया