Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

काठमाडौँ, ७ वैशाख २०८१ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको हो ।
विकेटकिपर ब्याट्सम्यान असिफ शेख ११ बलमा एक छक्काको मद्दतले आठ रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लूको धरापमा पारेका हुन् । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल ११ रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

 

तपाईको प्रतिक्रिया