Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

चितवन,२ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

काठमाडौंबाट भारतको चेन्नाइ जान हिँडेको पिएन८८ए २३१६ नंको ट्रकले सोमबार बिहान ३ बजे दिएको ठक्करबाट अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रासस

तपाईको प्रतिक्रिया