Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

काठमाडौं, ५ वैशाख २०८१ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई हुने भएको छ। समूह बीअन्तर्गतको खेलमा युएईले कम्बोडिया र ओमानले कुवेतलाई हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो।

ओमान अपराजित रहँदै समूह विजेता बनेको छ भने युएई तीन जित र एक हारसँगै उपविजेता बनेको छ। समूह एमा नेपाल अपराजित रहँदै विजेता र हङकङ उपविजेता बनेको हो। यससँगै सेमिफाइनलमा नेपालले युएई र ओमानले हङकङसँग खेल्ने भएको हो।

यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो। टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएको छ।

 

तपाईको प्रतिक्रिया