Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २ पुस । काठमाडौं उपत्यकामा जाडो ह्वात्तै बढेको छ । आज विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।

मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडी र भारतको आन्ध्रप्रदेश क्षेत्रमा फेथाइ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । सोही समुद्री आँधीका कारण नेपालमा बदलीको अवस्था देखिएको मौसमविद प्रधानांगले बताए ।

उनका अनुसार आज नेपालको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि देखिएको छ ।

पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरुमा हिमपातको सम्भावना पनि रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया