Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, ३ वैशाख २०८१ । चालु शैक्षिक सत्रमा कक्षा १ मा करिब छ लाख नयाँ विद्यार्थी भर्ना हुने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार ती बालबालिकामध्ये प्रारम्भिक बाल विकास केन्द्रको अनुभव हासिल गरेका बालबालिका करिब ७० प्रतिशत छन् ।

केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार पाँच वर्ष उमेर पूरा भएका बालबालिकाको सङ्ख्या पाँच लाख ८२ हजार छ । विद्यालय जाने उमेर पूरा भएर पनि विविध कारणले विद्यालयबाहिर रहेका बालबालिकाको सङ्ख्या भने दुई लाख १३ हजार छ । ती बालबालिकामध्ये केही विगतमा भर्ना भएर पनि पढाइ छाडेका तथा केही भर्ना नै नभएका हुन् ।

यी बालबालिका पाँच वर्षदेखि १३ वर्ष उमेर समूहको रहेको केन्द्रले जानकारी दिएको छ । स्कुलबाहिर रहेका ती बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया