गौरादह, १ पौष । झापाको गौरादह १ डिठ्ठा चोक नजिक धानको कुन्यु तथा गोठघरमा आगलागी भएको छ । आज अपरान्ह ५ बजे भगिरथ राजवंशीकोमा भएको सो आगलागिमा १ बिघा जमिनको धान पराल तथा टिनको छाना भएको ग्वालीघर र भान्साघर समेत पूर्ण क्षति भएको इलाका प्रहरी कार्यलय गौरादहका इन्चार्ज बिनोद श्रेष्ठले बताए ।

गौरादह र दमकको बारुण यन्त्र, प्रहरी तथा स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगलागिमा कुनै मानवीय तथा पशु चौपायको क्षति नभएको अनलाइन बिचारका प्रतिनिधि अबि पुरीले बताए । आगलागीमा ३ लाख बराबरको धान, पराल, गोठघर र धनमालको क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

Comments