Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, २ वैशाख २०८१ । नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा मनाइ रहेका छन् । तीन दिनसम्म मनाइने सिरुवा पर्वमा पहिलो पिदन जल (पानी) सिरुवा मनाएका थिए भने आज काद (हिलो) सिरुवा मनाउँदैछन् ।

पूर्वी तराईमा बस्दै आएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले तीन दिनसम्म धूमधामका साथ सिरुवा पर्व मनाउँदै आएका छन् ।

भोलि ३ गते रङ सिरुवा खेलेर एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिक रुपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिएको गौरीगञ्जका पुराना पत्रकार आत्माराम राजवंशी बताउँछन् ।

उनका अनुसार चैत मसान्तमा विभिन्न प्रकारका सात वटा सागसब्जी मिसाएर पकाएको पक्वान वैशाख १ गते खाने प्रचलन छ । अन्य मीठा–मीठा परिकारसमेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रम्हानी, बिसहरी, काली देवीदेवताको पूजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान गरिने उनले बताए ।

सिरूवा विशेष कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै आदिवासी समुदायको परम्परागत ढोलसना नाच, नटुवा नाच, घाटोसरी गीत र आधुनिक गीतलगायत विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिआएको पाइन्छ । सिरूवा उत्सवसँगै रङ खेल्ने कार्यक्रम रहेको छ । पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामूहिकरुपमा खेल्ने गाजीमुरी ९चना भुजा० खाने, वोरी (चना दालले बनेको परिकार) खाने चलन रहेको छ ।

नयाँ वर्ष आउनु चार–पाँच दिन पहिलेदेखि एउटा शुद्ध भाँडोमा साजीको मूर्ति राखेर घरघरमा मागी हिँड्ने )भादाखेली० अनि बङ्गला पात्रोअनुसार वैशाख १ गतेका दिन नदीमा पूजा गरी सेलाउने चलन छ । यो साजी देउताको पूजा महिलाले मात्र गर्ने चलन छ ।

सिरुवाको दिनादेखि झापाको कमल–६ स्थित जिम्दार चोकको मन्दिर, मोरङको रतुवामाई नगरपालिकाको सुनवर्षीलगायतका आदिवासी बाहुल बस्तीमा परम्परागत सांस्कृतिक मेला लाग्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया