Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, १ वैशाख २०८१ । पूर्वी तराईको झापा, मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायले आजदेखि सिरुवा पर्व मनाउँदैछन् । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

नयाँ वर्षसँगै शुरु हुने पर्वका अवसरमा आज झापाका राजवंशीले जल अर्थात् पानी सिरुवा खेल्दैछन् । एक आपसमा पानी छ्यापेर जल सिरुवा मनाउने गरिन्छ । त्यस्तै भोलि बैशाख २ गते माटोको हिलो बनाएर हिलो छ्यापा–छ्याप गरेर काद सिरुवा खेल्ने गरिन्छ । लगातार ३ दिनसम्म मनाइने सिरुवाअन्तर्गत सो समुदायले पर्सी बैशाख ३ गते रङ्ग सिरुवा खेल्नेछन् ।

राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडको रुपमा मनाउने गर्दछन् । यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । पर्वको अवसरमा यी जिल्लाहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरूसहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया