Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १ पुस । निःशुल्क उपचारको व्यवस्था गरिदिन माग गर्दै माइतिघर मण्डलामा चारदिनदेखि अनसनमा बसेका जनयुद्धका घाइतेहरु अवस्था कमजोर बनेको छ ।

अनसन बसेका ६ जना मध्ये मकवानपुरका मंगलसिंह प्रजा र बर्दियाका तिलाचन्द्र कामी बेहोस भएका छन् । चिसोले कठ्याङ्ग्रीएर प्रजा र कामी बेहोस भएका हुन् ।

बेहोस भएका उनीरुको उपचारमा कसैले पनि वास्था नगरेको अनसनरत कालीकोटका संग्राम कामीले गुनासो गरे । ‘गणतन्त्रका लागि हामीले शरीरका अंग गुमायौं,’ कामीले भने, ‘अहिले हामी उपचारका लागि सडकमा भिख माग्नु परिरहेको छ । गणतान्त्रिक कम्युनिस्ट सरकारले पनि सहयोग गर्दैनन् ।’

अनसनरत उनीहरूले गिरफ्तार गरिएका घाइते(अपांग संघर्ष समितिका संयोजक युवराज बिकलाई तत्काल रिहा गर्नुपर्ने, घाइते(अपांगलाई गणतन्त्र योद्धा घोषणा गरी परिचयपत्रको व्यवस्था गरिनुपर्ने, रोजगारीको व्यवस्था गरिनुपर्ने, घाइते(अपांगका छोराछोरीलाई निस्शुल्क पढाइको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

अपांग समितिका संयोजक बिकलाई महानगरीय प्रहरी परिसर ,जाउलाखेल ललितपुरको हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया