Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १ पुस  । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा एकजना भारतीय नागरिकलाई अवैध भारुसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका(१६ शंकराचार्यगेटबाट पाँच लाख ६२ हजार भारुसहित भारत पूर्वी चम्पारण सितामढी जिल्ला बरगिनिया ग्राम जमुवा(१४ का ४० वर्षे ओमप्रकाश साहलाई पक्राउ गरेको हो ।

अवैध भारु वीरगञ्जको सीमा हुँदै भारतको रक्सौलतर्फ लैजाँदै गरेको विशेष सूचाकका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो ।

साहलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइएको छ ।

केही दिन अघि मात्रै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध भारूसहित एकजना भारतीय नागरिक पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया