Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

काठमाडौं, १ पुष । ( काठमाडौं महानगरपालिका क्षेत्र भित्रका निजी विद्यालयमा पढ्ने विद्यार्थीको परिचयपत्र नेपाली भाषामा बनाउनु पर्ने ब्यवस्थाको तयारी गरिएको छ । शिक्षा सुधारका लागि भन्दै महानगरपालिकाले सार्वजनिक गरेको ३० बुँदे सुधारका सोचमा उक्त ब्यवस्थाको प्रस्ताव गरिएको हो । उक्त सोचमा निजी विद्यालयले आफ्नो साईन बोर्डमा पनि विद्यालयको नाम ठेगाना नेपालीमै लेख्न पर्ने ब्यवस्थाको प्रस्ताव गरिएको छ ।

’संस्थागत विद्यालयको बोर्ड नेपाली भाषामा पनि अनिवार्यरुपमा देखिने गरी राख्ने व्यवस्था शैक्षिक सत्र २०७६ साल अगावै सम्पन्न गरिनेछ’ उक्त सोचमा भनिएको छ, ’विद्यार्थीको परिचय पत्रमा समेत नेपाली नाम अनिवार्य गर्ने गरी व्यवस्थापन गरिनेछ ।’

अहिले निजी विद्यालयहरुले आफ्नो बोर्ड र विद्यार्थी परिचयपत्र अँग्रेजी भाषामा प्रयोग गर्दै आएका छन् ।

यस्तै अहिले दर्ता भएर सञ्चालनमा रहेका विद्यालयलाई महानगरको शिक्षा विभागमा दर्ता हुने व्यवस्था गर्ने कार्य तत्काल शुरु गर्ने पनि उक्त सोचमा उल्लेख छ ।

गाडीबाट विद्यार्थी आवतजावत गर्दा विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न गाडी चालक र सहचालकलाई लेन अनुशासन, विद्यार्थी सुरक्षा, शिष्ट बोलचाल गर्ने पद्धतिको विकासका लागि संस्थागत तालिमको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिइने पनि उक्त सोचमा उल्लेख छ ।

सामुदायिक विद्यालयमा पनि विद्यार्थी विद्यालय भित्र आउँदा र घर फर्कँदा शिष्ट बोलीले स्वागत र विदा गर्ने परिपाटीको थालनी गरिने र यसका लागि सम्बन्धित विद्यालयका प्रअले आफ्ना कक्षा शिक्षक र शिक्षकको जिम्मेबारी तोक्नुपर्ने महानगरको सोचमा उल्लेख छ ।

eduखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments