Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

झापा, १४ चैत २०८० । झापामा हात्तीले कुल्चेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने ६० वर्षिया पबित्रा भेटवाल रहनु भएको छ ।

बुधबार(आजं साँझ अन्दाजी ५ः४५ बजेको समयमा शिवसताक्षी नगरपालिका-११ दुधे बाट उत्तर रतुवामाई वृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न जानुभएकी भेटवाललाई हात्तिले कुल्चि लछारपछार पार्दा उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक भेटवाल का श्रीमान ६२ वर्षिय दिलिप भेटवाललाई समेत हात्तीले लछार पछार पार्दा मुख हात र शरिरको विभिन्न भागमा चोट लाग्नुका साथै गम्भिर अवस्थामा बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारका लागी लगिएको जनाइएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटीएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया