Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

काठमाडौँ, ४ चैत २०८० । हलिउडका चर्चित फिल्म निर्माता तथा छायांकार डकुमेन्ट्री निर्माता डेभिड ब्रेशियर्सको निधन भएको छ ।
मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित घरमा ६८ वर्षका ब्रेशियर्स मृत फेला परेका थिए । उनको मृत्युको कारण प्राकृतिक भएको बताइएको छ । मृत्युको ठ्याक्कै कारण भने अज्ञात रहेको ब्रेशियर्सको बिजनेस म्यानेजरले भनेकी छिन् ।

ब्रेशियर्सले सगरमाथा आरोहणबारे बनाएको डकुमेन्ट्री फिल्म निकै चर्चित बनेको थियो । उनको यो डकुमेन्ट्रीले सगरमाथालाई विश्वमाझ चिनाएको थियो ।

मृत्युको खबरलाई ब्रेशियर्सको परिवार विज्ञप्तिमार्फत पुष्टि गरेको छ । उनको निधनको खबर सत्य भएको उनी निकटका अमेरिकी पर्वतारोहीहरू एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पनि पुष्टि गरेका छन् । ब्रेशियर्स स्वयं पनि हिमाल आरोही हुन् । उनका परिवारका अनुसार उनले पाँच पटक सगरमाथा चढेका थिए ।

सन् १९९८ को आएको आइम्याक्स डकुमेन्ट्री ‘एभरेस्ट’बाट ब्रेशियर्स चर्चित बने नै उनले सगरमाथालाई पनि विश्वभर चिनाए । यो डकुमेन्ट्री सबैभन्दा धेरै कमाउने डकुमेन्ट्री फिल्म समेत बनेको थियो । उनी यो फिल्मको सह–निर्देशक र सह–निर्माता थिए । उनले सगरमाथामाथि एभरेस्ट, स्टोर्म ओभर एभरेस्ट र एभरेस्ट डेथ जोनजस्ता फिल्म बनाएका छन् । सन् १९८३ मा उनी सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने पहिलो व्यक्ति बनेका थिए ।

 

तपाईको प्रतिक्रिया